२४ असार २०८३, बुधबार

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

11.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यसअघि शुक्रबार तोलामा १ लाख ३७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार २५० रुपैयाँ थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।