
काठमाडौं, ३० वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भइरहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३० पैसा पुगेको छ । शुक्रबार युरो एकको खरिददर १४३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसामा कारोबार भएको थियो ।
आज बेलायती पाउण्डसमेत बढेर खरिददर १६७ रुपैयाँ र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा पुगेको छ । शुक्रबार पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८३ पैसा रहेको थियो ।
आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया