२१ जेष्ठ २०८३, बिहिबार

अल हिलालले जित्यो साउदी लिगको उपाधि

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । अल हिलालले साउदी प्रो लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको लिगको उपाधि जितेको हो ।

अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए । अहमद अल जुवैदले एक गोल आत्मघाती गोल गरेका थिए ।

त्यसैगरी, अल हाजमका लागि फैज सेलेमानीले एक गोल गरेका थिए ।

यो जितपछि अल हिला यस सिजनमा अपराजित रहँदै ३१ खेलमा ८९ अंक हासिल गरेको छ । अल हिलालले आफ्नो ३१ खेलमा २९ जित र २ बराबरी खेलेको छ । अल हिलालले यस सिजनको लिग ३ खेल अघि नै जितेको छ ।

दोस्रो स्थानमा रहेको अल नासर ३१ खेलमा १२ अंकले पछि रहेको छ ।

यो अल हिलालको १९औं लिग उपाधि हो । अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लबसमेत हो । अल हिलालपछि अल इतिहाद र अल नासरले ९/९ पटक लिगको उपाधि जितेका छन् ।