१ कार्तिक २०८३, आइतबार

अमेरिकी डलर स्थिर, पाउण्ड र युरोको भाउ बढ्यो

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर र कतारी रियाल स्थिर हुँदा पाउण्ड र युरोको मूल्य भने बढेर आएको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर स्थिर छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भइरहेको छ ।

त्यस्तै, आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३० पैसा पुगेको छ । शुक्रबार युरो एकको खरिददर १४३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसामा कारोबार भएको थियो ।

आज बेलायती पाउण्डसमेत बढेर खरिददर १६७ रुपैयाँ र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा पुगेको छ । शुक्रबार पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८३ पैसा रहेको थियो ।

आज कतारी रियालको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।