६ असार २०८३, शनिबार

आयरल्याण्डसँग पाकिस्तान ५ विकेटले पराजित

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । आयरल्याण्डले टी-२० सिरिजको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा आयरल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १८३ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १९.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । आयरल्याण्डका लागि एन्डी बलबिर्नीले सर्वाधिक ७७ रन बनाएका थिए भने ह्यारी टकरले ३६ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । जसमा कप्तान बाबर आजमले ५७ र सैम आयुबले ४५ रन बनाएका थिए ।

यो जितपछि आयरल्याण्ड ३ खेलको सिरिजमा १-० ले अगाडि भएको छ । अब सिरिजको अर्को खेल आइतबार हुने छ ।