६ असार २०८३, शनिबार

रणवीर कपूरको फिल्म ‘रामायण’ कानुनी झमेलामा

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, २९ वैशाख । अभिनेता रणवीर कपूरको अभिनय रहेको फिल्म ‘रामायण’ यतिबेला कानुनी झमेलामा परेको छ । नितेश तिवारीको निर्देशन रहेको फिल्मको निर्माण कम्पनीबीच कानुनी विवाद सुरु भएको छ ।

सञ्चारमाध्यमका अनुसार फिल्मको प्राइमी प्रोडक्सन हाउस अल्लू मन्टेना मिडिया वेन्चर्स एलएलपी र प्राइम फोकस टेक्नोलोजी लिमिटेडबीच कानुनी विवाद सुरु भएको हो । दुई पक्षबीच फिल्मको अधिकार कसले लिने भन्ने विषयमा विवाद चर्किएको छ ।

दुवै पक्षबीच सन् २०२४ को अप्रिलमा छलफल भएको थियो । तर अधुरो भुक्तानीका कारण अधिकार कसले लिने भन्ने टुंगो लाग्न सकेको छैन ।

अल्लू मन्टेना मिडिया वेन्चर्स एलएलपीले ‘रामायण’को अधिकार आफूसँग रहेको दाबी गरेको छ । उसले प्राइम फोकस टेक्नोलोजी लिमिटेड या कुनै पनि संस्थाले स्क्रिप्टको कुनै पनि उपयोग गरेमा त्यसले प्रतिलिपि अधिकार उल्लंघन गर्ने चेतावनी दिएको छ । उसले एक सूचनामार्फत प्राइम फोकस टेक्नोलोजी लिमिटेडको ‘रामायण’मा कुनै अधिकार या स्वामित्व नरहेको जनाएको छ । प्रोडक्सनले आवश्यक परेमा आफूले कानुनी कारवाही गर्ने आशय पनि व्यक्त गरेको छ ।

निर्देशक तिवारीले यो विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । फिल्ममा साउथ सुपरस्टार यश सह–निर्माता छन् ।