मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

प्रदीप र दिव्याको ‘एक्टर’को छायांकन सुरु

दैनिक नेपाल २०८१ वैशाख २८ गते २०:०२

काठमाडौं, २८ वैशाख । फिल्म ‘एक्टर’को छायांकन आजबाट सुरु गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ ।  फिल्मको शुभसाइत समारोहमा नायक प्रदीप खड्का र नवनायिका दिव्या रायमाझी उपस्थित हुनुहुन्थो ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लाग्नुभएको हो । फिल्मको केहीदिनअगाडि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा बौद्धिक विधि अनुसार पूजापाठ समेत गरिएको थियो ।

यो फिल्मको छायांकन पोखरामा १० दिन गरिनेछ । काठमाडौंमा भने फिल्मको छायांकन एक महिना गरिने निर्माणपक्षले बताएको छ । थमन कुमारी भण्डारी यो फिल्मका निर्माता हुनुहुन्छ ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नुहुनेछ ।

फिल्मको लाइन प्रोड्यूसरमा तोरन क्षेत्री रहनुभएको छ । फिल्मलाई आगामी कार्तिक १५ गते लक्ष्मीपूजामा प्रदर्शन गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित