सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

‘खजुरे ब्रो’ आजबाट हलमा

दैनिक नेपाल २०८१ वैशाख २८ गते ११:०७

काठमाडौं, २८ वैशाख । सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ ।

साथीको सम्बन्ध र पैसाले श्रीमान श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथा बोल्ने चलचित्रको निर्माण सुरज सुनुवार र नवीन मानन्धरले गर्नुभएको हो । चलचित्रमा सहकारी ठगीको विषयलाईसमेत गम्भीरताका साथ उठाउन खोजिएको छ ।

चलचित्रको काठमाडौं र धरानमा ग्राण्ड प्रिमियर गरिएको थियो । प्रिमियरमा चलचित्र हर्ने सबैले चलचित्रले पूर्ण मनोरञ्जन दिएको प्रतिक्रिया दिएका छन् । धरानमा सुम्निमा पारुहाङ्ग सहयोगार्थ च्यारिटी शो (पेड प्रिमियर) गरिएको हो ।

रेअर राइ, नीति शाह, नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय रहेको छ ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो ।

नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रुपमा जोडिनुभएको छ ।

रोहित रत्नको आरआर फिल्मस्ले फिल्म वितरणको जिम्मा लिएको छ । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ शिशिर विशंखेले खिच्नुभएको हो । मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत समावेश छ ।

काठमाडौंसँगै दार्जलिङ, धरान र इटहरीमा फिल्मको छायांकन भएको हो । चलचित्रमा धरानको स्थानीय कला तथा मौलिक लवजलाई विशेष तरिकाले प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित