सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

२३ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

दैनिक नेपाल २०८१ वैशाख २८ गते १०:५८

काठमाडौं, २८ वैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २३ सयले बढेर १ लाख ३७ हजार ९०० मा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित