सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

‘लाज शरणम्’को रिलिज मिति तय

दैनिक नेपाल २०८१ वैशाख २८ गते ९:४५

काठमाडौं, २८ वैशाख । चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ यसै वर्षको महाशिवरात्रीको अवसर पारेर फागुन १४ मा रिलिज हुने भएको छ ।

हाल स्क्रिप्ट लेखनको चरणमा रहेको फिल्मको टिमले शुक्रबार रिलिज मिति फाइनल गरेको हो ।

निर्माण टिममध्येका कुमार कट्टेल ‘जिग्री’ले फिल्मका लागि चाँडै नै निर्देशक, कलाकार तथा अन्य प्राविधिक फाइनल गरिने बताउनुभयो ।

‘अहिले पात्र अनुसारको स्क्रिप्ट लेखनमै व्यस्त छौं । स्क्रिप्ट फाइनल भइसकेपछि कलाकार र प्राविधिक फाइनल हुनेछ ।’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित