सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउँदै

दैनिक नेपाल २०८१ वैशाख २८ गते ८:२२

काठमाडौं, २८ वैशाख । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।

बिहीबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रबार फैसला सुनाउने बताउनुभएको हो ।

गत मार्च २१ मा प्रवर्तन निर्देशनालय ९इडी०को हिरासतमा रहनुभएका केजरीवाललाई पटक पटक म्याट थप गर्दै हिरासतमा राखिएको छ । तल्लो अदालत र उच्च अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेपछि केजरीवाल सर्वोच्च अदालत जानुभएको थियो ।

बिहीबारको बहसमा ईडीले सर्वोच्च केजरीवालको अन्तरिम जमानत याचिकाको विरोध गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

ईडीले चुनाव प्रचारका लागि कुनै पनि नेतालाई अन्तरिम जमानत दिन नहुने बताएको छ ।

अरविन्द केजरीवाललाई दिल्लीको मदिरा नीतिसँग सम्बन्धित कथित घोटाला प्रकरणमा मार्च २१ मा पक्राउ गरिएको थियो । मंगलबार दिल्ली अदालतले केजरीवालको न्यायिक हिरासतलाई मे २० सम्म बढाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित