सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

कांग्रेस संसदीय दलको बैठक बस्दै

दैनिक नेपाल २०८१ वैशाख २८ गते ७:५९

काठमाडौं, २८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेसले बिहीबार नै दलको बैठक राखेको थियो । तर नेता सूर्यमान गुरुङको निधनका कारण अन्तिम समयमा बैठक स्थगित भएको थियो ।

शुक्रबार बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने र त्यसपछि ८ः३० बजेदेखि संसदीय दलको बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा संघीय संसद्को बजेट अधिवेशनको तयारीका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेपछि कांग्रेसले संसदीय समिति गठन गरी छानविन गर्नुपर्ने माग गर्दै आएको छ । यो अधिवेशनमा समेत सरकारले छानविन समिति गठन नगरे संसद् पूर्णरुपमा ठप्प पार्ने कांग्रेसको चेतावनी छ ।

बुधबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले सहकारी ठगी प्रकरणमा थप कडारुपमा प्रस्तुत हुने रणनीति बनाएको थियो । शुक्रबारको बैठकले त्यसबारे निर्णय लिने प्रमुख सचेतक लेखकले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित