सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

आजको मौसम कस्तो छ ?

दैनिक नेपाल २०८१ वैशाख २८ गते ६:३९

काठमाडौं, २८ वैशाख । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित