१ श्रावण २०८३, शुक्रबार

भारतमा नेपाली युवकको शव फेला

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, २८ वैशाख । डडेल्धुराका एक युवक भारतको कालुपुर रेल्वे स्टेशनमा मृत फेला परेका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर विक भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेशनमा बुधाबार मृत फेला पर्नुभएको हो । उहाँका आफन्तका अनुसार सागर अहमदाबाददेखि पन्जाब जान्छु भनेर ४ दिनअघि कालुपुर रेल्वे स्टेशनबाट हराउनुभएको थियो ।

खोजी गर्ने क्रममा टाउकोमा चोट लागेको अवस्थामा उहाँको शव सोही रेलवे स्टेशनमा फेला परेको बताइएको छ । परिवारले हत्याको आशंका गरेको छ । घटनाको विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ ।