२ असार २०८३, मंगलबार

एकीकृत समाजवादीले तत्काल सरकार छोड्ने सम्भावना छैन : राजेन्द्र पाण्डे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ बैशाख । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले तत्काल सरकार नछोड्ने बताउनु भएको छ ।

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बजेटको विषयमा ध्यानाकर्षण गराएर बाहिरिने क्रममा प्रतिक्रिया दिदै एकीकृत समाजवादीले तत्काल सरकार नछोड्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘तत्काल हामीले सरकार छाड्ने सम्भावना छैन । एउटा घरको छानाबाट अर्को घरको छानामा पुग्ने भएपछि मात्रै हाम फाल्ने हो। त्यसैले अहिले तत्काल सम्भावना छैन ।’