सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन अनुबन्धित

दैनिक नेपाल २०८१ वैशाख २७ गते ९:५२

काठमाडौं, २७ वैशाख । अभिनेता मुकुन भुषाल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित हुनुभएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग लिखित सम्झौता गरेको हो ।

निर्माण पक्षले मुकुनकोे भूमिकाको बारेमा खुलाएको छैन् । उसले बाँकी अन्य कलाकारको अनुबन्धपछि मात्र भूमिका खुलाइने जानकारी दिएको छ ।

मुकुनले एउटा कलाकारमा फरक चरित्रको भोक सधै रहने भएकाले त्यो फरक चरित्रमा आफू फिल्ममा देखिने बताउनुभयो ।

पहिलो फिल्म ‘बुलबुल’बाट पहिचान बनाउनुभएका मुकुनले आफूहरुले कल्पना गरेको पात्रलाई उम्दा गरेर देखाउने विश्वासका साथ अनुबन्ध गरिएको निर्माता विनोद पौडेलले बताउनुभयो ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा यसअघि गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भइसक्नुभएको छ ।

सोसल–ड्रामा बन्ने फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुनुहुन्छ । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी निर्माण पक्षको छ । वि.सं. २०८२ मा रिलिज गर्ने तयारीमा रहेको फिल्मको नाम र मोसन पोस्टर निर्माण पक्षले दुई हप्ताअघि सार्वजनिक गरेको थियो ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुनुहुन्छ । महेश दवाडीको पटकथा तथा संवाद रहने फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित