सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेशी आज

दैनिक नेपाल २०८१ वैशाख २७ गते ८:३४

काठमाडौं, २७ वैशाख । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेशी आजलाई तोकिएको छ ।

प्रदेश सरकारले पाएको विश्वासको मतको संविधान विपरित रहेको भन्दै कांग्रेसका गण्डकी प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो ।

रिटमा उहाँले सरकारले पाएको विश्वासको मत संविधान विपरित भएको भन्दा ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्नसमेत माग गर्नुभएको छ ।

गएको आइतबार प्रदेश सभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणाविरुद्ध पाण्डेले रिट दायर गर्नुभएको थियो ।

संविधानको धारा १८८ (३) अनुसार बहुमतको लागि ३१ सांसदको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित