सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

दैनिक नेपाल २०८१ वैशाख २७ गते ७:५३

काठमाडौं, २७ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९४ पैसा कायम भएको छ । बुधबार खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा रहेको थियो ।

त्यस्तै, आज युरो एकको खरिददर १४३ रुपैयाँ ३० पैसा र बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा रहेको छ । बुधबार खरिददर १४३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २१ पैसाले कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३१ पैसा रहेको छ । बुधबार खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०२ पैसा रहेको थियो ।

आज कतारी रियालको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसाले कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित