३१ जेष्ठ २०८३, आइतबार

एकैपटक ५१९ जना इन्सपेक्टरहरूको सरुवा

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नेपाल प्रहरीले एकैपटक धेरै संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ५१९ जना इन्सपेक्टरहरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवा गर्ने निर्णय गर्नुभएको हो ।

सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन् भने जेठ महिनाबाट सबैले तलब र सेवा सुविधा पाउने उल्लेख छ ।