सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

एकैपटक ५१९ जना इन्सपेक्टरहरूको सरुवा

दैनिक नेपाल २०८१ वैशाख २७ गते ७:३२

काठमाडौं, २७ वैशाख । नेपाल प्रहरीले एकैपटक धेरै संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ५१९ जना इन्सपेक्टरहरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवा गर्ने निर्णय गर्नुभएको हो ।

सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन् भने जेठ महिनाबाट सबैले तलब र सेवा सुविधा पाउने उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित