२० जेष्ठ २०८३, बुधबार

कांग्रेस संसदीय दलको बैठक आज

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।

बैठकले बजेट अधिवेशनमा संसद्मा खेल्नुपर्ने भूमिकाबारे निर्णय गर्नेछ । बैठकमा सबै सांसदहरूलाई धारणा राख्ने अवसर दिइने प्रमुख सचेतक लेखकले बताउनुभयो ।

‘देशको गृहमन्त्रीमाथि नै सहकारी ठगीजस्तो अपराधको आरोप लागेको छ । तर सरकारले छानविन गर्न मानेको छैन् ।’ उहाँले भन्नुभयो, ‘हामी यो परिस्थितिमा सबै सांसदहरूको विचार र धारणा सुन्न चाहेका छौँ । त्यसकारण आजको बैठकमा सबै सांसदहरूले धारणा राख्ने हुन्छ, आजै सकिएन भने शुक्रबार पनि बैठक चल्छ ।’

बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानविन समिति गठन लगायत विषयहरुमा छलफल हुने उहाँले बताउनुभयो ।

शुक्रबारदेखि बजेट अधिवेशन बोलाइएको छ । कांग्रेसले भने सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागमा अडान राख्दै आएको छ ।