२१ जेष्ठ २०८३, बिहिबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाइ युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।