३१ जेष्ठ २०८३, आइतबार

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्यूआरमार्फत अन्तरदेशीय भुक्तानी गर्नसक्ने

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ ।

यस सहकार्यअन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपिएमार्फत फोनपे नेटवर्कअन्तर्गतका क्यूआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकले विश्वास लिएको छ ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा एटिएम सञ्जाल रहेका छन् ।