आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

रिलायबल लाइफको जीवन बीमा कोष ९ अर्ब माथि, नाफा देखि व्यापार बढाउन सफल

दैनिक नेपाल २०८१ वैशाख २६ गते १३:०८

काठमाडौं, २६ बैशाख । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ४ अर्ब ६४ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ३४ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १९.०९ प्रतिशतले वृद्धि भएको हो । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा सिर्षकमा १ अर्ब ७५ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १५ करोड ४६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ६६ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ४० करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार २४.५६ प्रतिशतले वृद्धि भएर ९ अर्ब २२ करोड पुगेको छ ।

चैत्र मसान्तसम्ममा कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ७४ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ८.८१ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २४ करोड ६९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ५९ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा २ अर्ब ७३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३.४२ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ३२ करोड ७८ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ५३ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको प्रतिशेयर आम्दानी ९.७८ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५५.७४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित