सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

मातातीर्थमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

दैनिक नेपाल २०८१ वैशाख २६ गते ११:०४

काठमाडौं, २६ वैशाख । आज मातातीर्थ औंसी अर्थात् जन्मदिने माताप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्ने दिन । काठमाडौंको मातातीर्थ मन्दिरमा दिवंगत माताको सम्झना गर्दै यो दिवस मनाइँदैछ । जीवित तथा दिवंगत दुवै आमाको सम्मान गर्न आजको दिनलाई पुण्यतम दिनको रुपमा मनाउने गरिन्छ ।

आमा हुने सन्ततिले आमाको सम्मानमा मिठा मिठा परिकार, भोजन गराएर उपहार दिई आमाको आर्शिवाद लिने गर्दछन् ।

आमा गुमाईसकेका सन्ततिले भने दिवंगत आमाको सम्झनामा, पिण्ड दान, तर्पण र श्राद्ध गरी सम्झना गर्ने गर्दछन् । औंसीका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाको आत्माले तृप्ति पाउने विश्वास छ ।

यही विश्वास र मान्यताको निरन्तरता स्वरुप आज बिहानैबाट मातातीर्थ मन्दिरमा मेला लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित