सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

दैनिक नेपाल २०८१ वैशाख २६ गते १०:५०

ताप्लेजुङ, २६ वैशाख । नेकपा (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उहाँलाई निर्वाचित गरेको हो ।

निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाउनुभएको थियो । पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित हुनुभएको छ ।

जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए । अधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित