१ असार २०८३, सोमबार

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २६ वैशाख । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

मंगलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उहाँ बगैँचातिर गएको समयमा चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताउनुभयो । गाउँभन्दा बाहिरको आँपको रुखमुनि उहाँको शव सोही दिन अपराह्न फेला परेको हो ।

उहाँका दुई छोरा र एक छोरी छन् । मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा हुनुहुन्छ ।