२४ जेष्ठ २०८३, आइतबार

इलाम-२ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङको शपथ आज

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । इलाम-२ को उपनिर्वाचनबाट निर्वाचित सांसद सुहाङ नेम्वाङको शपथ ग्रहण आज हुने भएको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ गराएर संसदको लोगो लगाइदिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

इलामबाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते भएको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुनुभएको थियो ।