सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

दुई संसदीय समितिको बैठक बस्दै

दैनिक नेपाल २०८१ वैशाख २६ गते ८:१६

काठमाडौं, २६ वैशाख । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको दुई संसदीय समितिको बैठक आज बस्दै छ । समिति सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बुधबारका लागि बोलाएको हो ।

बिहान ११ बजेका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदै छ ।

यस्तै, दिउँसो १ बजे बस्ने गरी बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पनि सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित