३१ जेष्ठ २०८३, आइतबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८९ पैसामा कारोबार हुँदा सोमबार खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसाका दरले कारोबार भएको थियो ।

त्यस्तै, आज युरो एकको खरिददर १४३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २१ पैसा कायम भएको छ । मंगलबार युरो एकको खरिददर १४३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा कायम भएको थियो ।

बेलायती पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०२ पैसा रहेको छ । आज कतारी रियालको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसाले कारोबार भइरहेको छ ।