सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासीमा चढाइयोस्

दैनिक नेपाल २०८१ वैशाख २६ गते ७:२७

काठमाडौं, २६ वैशाख । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिनुभएको छ । सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भन्नुभएको हो ।

पछिल्लो समय उच्च अदालतमा उहाँले पुनरावेदन गरेको मुद्दाको सुनुवाइ स्थगित हुँदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफू निर्दोष रहेको बताउँदै आउनुभएको छ ।

उहाँले कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोख्दै भन्नुभएको छ- ‘तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस् । तथ्य र प्रमाणले सावित गर्नुहोस् । म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन ।’

सन्दीपले आफ्नो पोस्टमा यो घटना कसैले नियोजित रुपमा गराएको आरोपसमेत लगाउनुभएको छ । उहाँले भन्नुभएको छ- ‘यो घटनाको निर्दोष पात्र हुँ । मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईँहरूको पनि सहभागिता छ । धेरै खोल्न बाँकी छ । फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो । वास्तविक अनुहार आफै निस्केला ।’

प्रतिक्रिया
सम्बन्धित