२१ असार २०८३, आइतबार

दिल्लीले राजस्थानलाई २० रनले हरायो

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । इन्डियन प्रिमियर लिगअन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा दिल्लीले राजस्थान रोयल्सलाई २० रनले पराजित गरेको हो । दिल्लीले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सले २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन मात्र बनाएको थियो ।

यसअघि पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २२१ रन बनाएको थियो ।

यो जितपछि दिल्लीको १२ खेलमा १२ अंक भएको छ र अंक तालिकामा पाँचौँ स्थानमा रहेको छ ।

त्यस्तै, राजस्थानको भने ११ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।