७ असार २०८३, आइतबार

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २६ वैशाख । सूर्यविनायक नगरपालिका‐९ मिलनचोकमा साँगाबाट जगातीतर्फ आउँदै गरेको ना ५ ख २३६१ नं. को निजी गाडीले पैदलयात्रीलाई मंगलबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

निजी बोलेरोले ठक्कर दिँदा गोरखा पालुनटार नगरपालिका‐२ घर भई हाल सूनपा‐९ नलिञ्चोक बस्ने ३८ वर्षीय कमल बयलकोटीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते बयलकोटलाई उपचारका लागि डा ईवामुरा अस्पताल भक्तपुर लगे पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि ललितपुरस्थित सुमेरु अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले ठक्कर दिने गाडी र सवारी चालक सर्लाही लालबन्दी नगरपालिका‐१६ बस्ने २३ वर्षीय सागर माझीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।