२८ असार २०८३, आइतबार

पुटिनले लिए पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ बैशाख । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ लिनुभएको छ । पुटिनले मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा ३३ शब्दमा शपथ लिनुभएको हो ।

यो त्यही ठाउँ हो जहाँ रुसको जार परिवारका तीन राजाहरू (अलेक्जेन्डर द्वितीय, अलेक्जेन्डर तृतीय र निकोलस द्वितीय) को राज्याभिषेक गरिएको थियो ।

शपथपछि पुटिनले भन्नुभयो, ‘हामी अझ बलियो बन्नेछौँ। हामीलाई शत्रु ठानेका देशहरूसँगको सम्बन्धलाई मजबुत बनाउनेछौँ। जनताको विश्वास कायम राख्न सक्दो प्रयास गर्नेछु ।’

रुसमा मार्च १५–१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले मात्र ४ प्रतिशत मत पाउनुभएको छ ।

अमेरिका, बेलायत र धेरै युरोपेली देशहरूले रुसमा पुटिनको शपथ ग्रहण समारोह बहिष्कार गरेका थिए । पुटिनले सन् २००० मा पहिलो पटक राष्ट्रपतिको सपथ लिनुभएको थियो । त्यसयता उहाँ सन् २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति भइसक्नुभएको छ ।