आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

आमाप्रति समर्पित नयाँ गीत ‘मेरी आमा’ सार्वजनिक (भिडिओसहित)

दैनिक नेपाल २०८१ वैशाख २५ गते १९:१५

काठमाडौं, २५ वैशाख । आमाको मुख हेर्ने दिनको छेको पारेर यदु सुवेदीले ‘मेरी आमा’ बोलको गीत सार्वजनिक गर्नुभएको छ ।

आफ्नो जन्मदिने आमा र सम्पूर्ण आमाप्रति समर्पित ‘मेरी आमा’ बोलको गीतमा शब्द रचना, संगीत र स्वर यदु सुवेदीको रहेको छ । सार्वजनिक गीतमा सुरज सिवाको संगीत संयोजन रहेको छ ।

दिनेश ठकुल्लाले निर्देशन गरेको भिडिओको छायांकन नरेश अयेरले गर्नुभएको हो भने सम्पादन र कलर टेकेन्द्र शाहले गर्नुभएको हो ।

भिडिओमा मिथिला शर्मा र यदु सुवेदीको अभिनय रहेको छ । भिडिओमा आमा र छोराको सम्बन्धलाई चित्रण गर्न खोजिएको छ । आमाको लागि छोराले गर्ने त्यागको कथा भिडिओमा समावेश छ ।

आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरुलाई यो उपहार स्वरुप भिडिओ सार्वजनिक गरेको गायक सुवेदीले बताउनुभयो ।

भिडिओ यदु सुवेदीको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित