आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

ढोरपाटनमा चट्याङ लागेर १ जनाको मृत्यु

दैनिक नेपाल २०८१ वैशाख २५ गते ११:०३

बागलुङ, २५ वैशाख । ढोरपाटनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते हुनुभएको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका पुनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित