आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

स्वदेश फर्किए यादव, संसदीय दलको बैठक बस्दै

दैनिक नेपाल २०८१ वैशाख २५ गते ९:५५

काठमाडौं, २५ वैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव स्वदेश फर्किनुभएको छ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ  बैठकमा भाग लिएर उपप्रधानमन्त्री यादव मंगलबार बिहान स्वदेश फर्किनुभएको हो ।

जसपा नेपालका अध्यक्षसमेत रहनुभएका यादव अमेरिकामा रहनुभएका बेला उहाँको दल जसपा नेपाल फुटेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा जसपा निर्वाचन आयोगमा दर्तासमेत भएको छ ।

आजै स्वदेश फर्किएका यादवले संसदीय दलको बैठक बोलाउनुभएको छ । बैठक केहीबेरमा बस्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित