२२ जेष्ठ २०८३, शुक्रबार

एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल निर्वाचित

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २५ वैशाख । नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।

अध्यक्ष चुनिनुभएका ढकाल यसअघि जिल्ला कमिटीमा सचिवका रुपमा कार्यरत हुनुहुन्थो ।

अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकबहादुर तामाङ र चमेली गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गर्नुभएको थियो ।