आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

‘वन्डर वुमन’को फ्रेञ्चाइजी अन्त्यको घोषणा

दैनिक नेपाल २०८१ वैशाख २५ गते ९:०२

काठमाडौं, २५ वैशाख । हलिउडको ब्लकबस्टर फिल्म ‘वन्डर वुमन’को फ्रेञ्चाइजी नबन्ने भएको छ ।

पेटी जेनकिन्सको यो फिल्मको फ्रेञ्चाइजीलाई अन्त्य गर्ने निर्माण पक्षले घोषणा गरेको छ । यो फिल्म पहिलोपटक सन् १९८४ मा रिलिज भएको थियो । त्यो समयदेखि अहिलेसम्म यो फिल्मलाई दर्शकले उत्तिकै मनपराएका थिए । यसको सबै फ्रेञ्चाइजीले बक्सअफिसमा सर्वोत्कृष्ट व्यापार गरेको थियो ।

अभिनेता क्रिस पाइनले फिल्मको फ्रेञ्चाइजीको अन्त्यको खबरले आफू निराश भएको बताएका छन् । ‘म साँच्चै चिन्तित छु कि आखिर यस्तो किन गरियो । अब पेटी जेनकिन्सको वन्डर वुमनको फ्रेञ्चाइजीलाई कसरी अन्त्य गरिँदैछ’, उनले भनेका छन् ।

क्रिसका अनुसार निर्माण कम्पनी वार्नर ब्रदर्सले यो निर्णय लिएको छ । ‘म यो कुरालाई जति सम्झिने प्रयास गरेको छु, त्यति नै सम्झिन सकेको छैन । यस्तो हैन कि फिल्मले बक्सअफिसमा कमाल गर्न सकेको छैन । यो फिल्मका कारण वार्नर ब्रदसलाई नै फाइदा भएको थियो’, उनले अगाडि भनेका छन् ।

‘वन्डर वुमन’ले विश्वभर करिब १ बिलियन डलरको कमाई गरेको थियो । वार्नर ब्रदर्सले एक्कासी यो निर्णय कसरी लियो भन्ने चासो र चर्चा अहिले हलिउडमा छ । सन् १९८४ पछि यो फिल्म सन् २०१७ र सन् २०२२ मा निर्माण भएर रिलिज गरिएको थियो । हलिउड स्टार गेल गेडोट यो फिल्मको प्रमुख हिस्सा थिइन् ।

प्रतिक्रिया
सम्बन्धित