आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति तय

दैनिक नेपाल २०८१ वैशाख २५ गते ७:४८

काठमाडौं, २५ वैशाख । लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ आगामी साउन ४ गते रिलिज हुने भएको छ ।

नारी प्रधान फिल्मले बाबु र छोरीहरु बीचको मिहीन स्नेह, सम्बन्धको आरोह अवरोहलाई प्रस्तुत गरेको छ । फिल्ममा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीलगायतको अभिनय रहेको छ ।  दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुनुहुन्छ ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद, बाबु श्रेष्ठको छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ ।

काठमाडौं, लमजुङ, तनहुँ र कास्कीमा छायांकन गरिएको फिल्मले हालै रामेछापमा सम्पन्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट पटकथा, सर्वोत्कृष्ट चलचित्र र अभिनेत्रीले जुरी अवार्ड जितेको थियो । फिल्मले सौराहा दक्षिण एशियाली फिल्म फेस्टिभलमा शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट चलचित्रको अवार्ड पनि पाएको थियो ।

फिल्म वितरण उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले गर्नेछ । फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित