आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

रास्वपा संसदीय दलको बैठक बस्दै

दैनिक नेपाल २०८१ वैशाख २५ गते ७:३०

काठमाडौं, २५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित दलको कार्यालयमा बिहान ८ बजेदेखि बैठक बस्न लागेको सचेतक निशा डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा मुलतः तीन वटा विषयमा छलफल हुनेछ ।

बैठकमा आगामी बजेट अधिवेशन र पार्टीको संसदीय कामकारबाही, इलाम–२ को उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित