आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

आईपीएल : मुम्बईसँग हैदरावाद ७ विकेटले पराजित

दैनिक नेपाल २०८१ वैशाख २५ गते ७:१६

काठमाडौं, २५ वैशाख । इन्डियन प्रमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ ।

सोमबार मुम्बईस्थित वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा सुर्यकुमार यादवले ५१ बलमा शतकीय योगदान दिँदा घरेलु टोलीले गुमाइसकेको खेल जितेको हो । ५१ बल सामना गरेका सुर्यकुमार यादव १०२ बनाएर नटआउट रहे ।

सुरुमै घाइते भएका सुर्यकुमारले १२ चौका र ६ छक्का प्रहार गरे । उनलाई क्रिजमा साथ दिएका तिलक वर्माले पनि ३७ रन बनाए । तिलकले ६ वटा चौका प्रहार गरेका थिए ।

१७४ रनको लक्ष्य पछ्याएको मुम्बईले पाँचौँ ओभरमा पुग्दा तीन विकेटको क्षतिमा ३१ रन बनाएको थियो । इशान किसान, रोहित शर्मा र नमन धिर आट भएपछि क्रिकेटमा पुगेका सुर्यकुमार यादव र तिलक वर्माले १४३ रनको साझेदारी गरे ।

चौथोँ स्थानमा रहेको हैदरावादले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । राम्रो ब्याटिङ चल्न नसकेको हैदरावादले २० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८ रन बनाएपनि अन्य ब्याटरबाट राम्रो साथ पाएनन् । सँगै आएका ओपनर अभिषेक शर्मा ११, मायंक अगरवाल ५, नितिस कुमार रेड्डीले २०, हेनरिच क्लासेनले २, मार्को यान्सेनले १७, शहबाज अहमेदले ३ रन बनाए । अन्तिममा कप्तान प्याट कमिन्सले ३५ रन बनाएर हैदरावादलाई बलियो योगफल दिलाएका थिए ।

बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या र पियुश चावलाले तीन/तीन विकेट लिए ।

प्लेअफमा पुग्ने ढोका बन्द भइसकेको मुम्बईले १२ खेलबाट आठ अंक जोडेको छ । ११ खेल खेलेको हैदरावादको १२ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित