आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल अस्पतालमा उपचार गराउँदा विशेष छुट

दैनिक नेपाल २०८१ वैशाख २५ गते ६:५९

ललितपुर, २५ वैशाख । ललितपुर १, महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहकाबीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारले अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचारका साथै पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरूक नागरिकका लागि गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरूमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरूसमेतको व्यवस्था रहेको छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंक ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित बैंक हो । बैंकले नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक सविन राणा, दीना चित्रकार तथा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका व्यापार प्रवर्द्धन व्यवस्थापककोसमेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित