आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

‘भाउ’ कान्तिपुर सिनेमाजमा रिलिज

दैनिक नेपाल २०८१ वैशाख २४ गते ९:५७

काठमाडौं, २४ वैशाख । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको सर्टफिल्म ‘भाउ (कस्ट अफ लिभिङ)’ कान्तिपुर सिनेमाज ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ । फिल्मले कवाडीवालाको कथा प्रस्तुत गरेको छ ।

तराईबाट काठमाडौं आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको लागि संघर्ष गरिरहेको एउटा मधेसी समुदायको सामान्य परिवार र राजधानीमा घर भएको दुई वर्गको अन्तरलाई फिल्ममा देखाइएको छ ।

काठमाडौं र भक्तपुरमा छायांकन गरिएको ‘भाउ’मा कवाडीवालाको भुमिका कलाकार सुवास गजुरेलले निर्वाह गर्नुभएको छ । मोहन अभिलाषीको लेखन र निर्देशन रहेको फिल्ममा सुजिता शाह, रेनुका कार्की र सुमन थापाले अभिनय गर्नुभएको छ । फिल्ममा नारायण जिसीको छायांकन, करण साउदको सहायक निर्देशन छ ।

अंग्रेजी सबटाइटलसहित मैथिली र नेपाली भाषा प्रयोग भएको फिल्ममा भाषा अनुवाद राम श्रेष्ठ र आर के मेहेताले गर्नुभएको छ । नरेन भट्टराईको प्रोडक्सन रहेको फिल्ममा गणेश बिसीको सम्पादन र राकेश दाहालको कलरिङ छ ।

‘भाउ’ इटालीको फेस्टिभल देल सिनेमा दि सेफलुको मनोनयन र जिम्वावेको भर्सिटी फिल्म एक्स्पोमा होनोरेवल मेन्सनमा परेको थियो । अमेरिकाको स्टुडेन्ट वल्र्ड इम्प्याक्ट फिल्म फेस्टिभल, जापानको पाँचौ मेइहोडो इन्टरनेशनल युथ भिजुअल मिडिया फेस्टिभल, नेपालको पाँचाँै नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव र बेलायतको दुई फिल्म फेस्टिभलमा छनोटमा परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित