आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

रौतहट प्रहरीद्वारा २५ लाख बढीको अवैध सामान बरामद

दैनिक नेपाल २०८१ वैशाख २४ गते ९:५०

रौतहट, २४ वैशाख । रौतहटस्थित तस्करहरूले भन्सार छलेर विभिन्न नाकाबाट भित्र्याएको २५ लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान प्रहरीले बरामद गरेको छ ।

गत १० गतेदेखि २२ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानबाट भन्सार छली भित्र्याएको कपडा, किरानालगायत २५ लाख ५१ हजार ४०५ रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

बरामद सामान कारबाहीको लागि  सोमबार जिल्ला भन्सार कार्यालय रौतहटमा दाखिला गरेको प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित