आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

दैनिक नेपाल २०८१ वैशाख २४ गते ६:१५

काठमाडौं, २४ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जावलाई २८ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । यसअघि पहिला ब्याटिङ गर्दै चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

यो जितपछि चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईको ११ खेलमा १२ अंक भएको छ ।

त्यस्तै, पञ्जावको भने यो सातौँ हार हो । ११ खेलमा ८ अंक रहेको पञ्जाव अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित