३० असार २०८३, मंगलबार

बागमती प्रदेशमा आज सार्वजनिक विदा

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । बागमती प्रदेश सरकारले आज सोमबार प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

प्रदेशभरको सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजको लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आज काठमाडौंको वसन्तपुरमा भव्य कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशभर कामकाजी भाषाको रूपमा तामाङ र नेपाल भाषाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।