७ असार २०८३, आइतबार

पाटनमा एक युवकको शव फेला

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २४ वैशाख । बैतडीमा एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ को मुख्य बजारको पछाडि रिङरोडको तल अन्दाजी २१ वर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन् ।

दाङ घर भइ हाल पाटनमा लामो समयदेखि सरसरफाईको क्षेत्रमा काम गर्ने पुस्तल घर्तीमगर (जोकर)का छोरा दिपेन्द्रको शव फेला परेको हो ।

स्थानीय एक जनाको जीर्ण घरमा बस्दै आएका उनको शव घरको पछाडि घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।