शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

दैनिक नेपाल २०८१ वैशाख २३ गते ११:१४

काठमाडौं, २३ वैशाख । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी तोकिएको छ ।

जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

यसअघि पटक पटक ‘हेर्न नभ्याइने’मा परेको यो मुद्दा आज तेस्रो स्थानमा रहेको छ ।

यस मुद्धामा यसअघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो ।

काठमाडौं अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन् ।

त्यस्तै, जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय पनि उच्च अदालतमा पुनरावेदनमा गएको छ । उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाइ अगाडि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित