शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

दैनिक नेपाल २०८१ वैशाख २३ गते ९:०७

डडेल्धुरा, २३ वैशाख । डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले बताउनुभयो । उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् । उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित