शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

अल वेहडामाथि अल नासर ६-० ले विजयी, रोनाल्डोको ह्याट्रिक

दैनिक नेपाल २०८१ वैशाख २३ गते ८:२१

काठमाडौं, २३ वैशाख । साउदी प्रो लिगअन्तर्गत अल नासरले अल वेहडालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा अल नासरले अल वेहडालाई ६-० गोल अन्तरले अपराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै, ओटाभियो, सडियो माने र मोहमद अल फाटिलले एकएक गोल गरेका थिए ।

रोनाल्डोले यस सिजनको लिगमा अहिलेसम्म कुल ३२ गोल गर्दै लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले यस सिजनको लिगमा सबैभन्दा बढी ४ ह्याट्रिक गरेका छन् ।

योजितसँगै अल नासरको ३० खेलमा ७४ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस सिजनमा अल हिलाल अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ ।

  त्यसैगरी, अल वेहडाको भने ३० खेलमा ३२ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित